कर रकम र विवरण नबुझाउनेलाई एक पटक फेरि मौका !



आर्थिक अध्यादेश, २०७७ ले प्यान लिएर वा नलिएर कर र विवरण नबुझाउने करदातालाई शुल्क र ब्याजमा मिन्हा दिएर एक पटक फेरि मौका दिएको छ । अटेर नगरी मौकाको फाइदा उठाउने कि ?
क. आयकरको हकमा
१. प्यान नलिइ करयोग्य आय गरेमा
आर्थिक ऐन, २०७७ को दफा २० बमोजिम, कुनै पनि व्यक्तिले बिगतमा कर लाग्ने आय आर्जन गरेको, तर त्यसरी आर्जित आयमा कर नबुझाएको भए त्यस्ता व्यक्तिले स्थायी लेखा नम्बर लिई आथिक वर्ष २०७४.७५ र २०७५.७६ को बुझाउनु पर्ने आय विवरण र सोमा लाग्ने कर सम्वत् २०७७ साल फागुन मसान्त सम्म बुझाएमा सो बापत लाग्ने शुल्क तथा ब्याज मिन्हा हुनेछ । यदि सो आ.ब. हरुको कर र विवरण उल्लेखित मिति सम्म बुझाएमा आ.ब. २०७४.७५ भन्दा अघिका आर्थिक वषर््ाहरुको आय विवरण र सोमा लाग्ने कर‚ शुल्क तथा ब्याज बझाउनु पर्ने छैन । यदि माथि उल्लेखित बमोजिम आय विवरण सहित कर दाखिल नगर्ने व्यक्तिसँग आय आजन गरकोे अविधको आय विवरण दाखिल गर्न लगाई तिर्नु पर्ने कर शुल्क तथा व्याज असुल गरिनेछ ।

२. प्यान लिए पनि कर र विवरण नबुझाएमा (दफा २१, आर्थिक ऐन, २०७७)
स्थायी लेखा नम्बर लिई आय विवरण पेश नगर्ने वाषिक रु. ५० लाखसम्मको कारोबार गर्ने पाकृतिक व्यक्ति आथिक वर्ष २०७३.७४‚ २०७४.७५ र २०७५.७६ को आय विवरण‚ सो आय विवरण अनुसारको आयकर र सोमा लाग्ने व्याजको २५% ले हुुने रकम सम्वत् २०७७ साल फागुन मसान्तसम्म बुझाएमा सोभन्दा अघिका र्वषहरुको आय विवरण पेश गर्नु पर्ने छैन र त्यस्तो आयमा लाग्ने कर, शुल्क तथा बाँकी ब्याज मिन्हा हुनेछ ।
स्थायी लेखा नम्बर लिई आर्थिक बर्ष २०७३.७४ वा सो भन्दा अघिको आय विवरण पेश नगर्ने वार्षिक रु. ५० लाख भन्दा बढीको कारोबार गर्ने पाकृतिक व्यक्ति वा निकायले आय विवरण सो आय विवरण अनुसारको आयकर र सोमा लाग्न व्याजको २५% ले हुने रकम सम्वत् २०७७ साल फागुन मसान्त सम्म बुझाएमा सोमा लाग्ने शुल्क तथा बाँकी ब्याज मिन्हा हुनेछ ।
ख. मूल्य अभिबृद्धि करको हकमा (दफा २१, आर्थिक ऐन, २०७७)
सम्वत् २०७५ साल असार मसान्तसम्मको मूल्य अभिवृद्धि कर विवरण पेश नगर्ने मल्ुय अभिवृिद्ध करमा दर्ता भएका कुनै पनि करदाताले आफूले बझाउनु पर्ने कर विवरण सो कर विवरण अनुसारको मूल्य अभिवृिद्ध कर र सोमा लाग्ने व्याजको २५% ले ह्रुने रकम सम्वत २०७७ साल फागुन मसान्तिभित्र बुझाएमा सोमा लाग्ने जरिबाना‚ थप दस्तुर तथा बाँकी ब्याज मिन्हा हनेछ ।
उल्लिखित अविधिभित्र मूल्य अभिवृिद्ध कर विवरण पेश नगर्ने करदाता मध्ये सम्वत् २०७३ साल असारसम्मको कर विवरण पेश नगर्ने करदाताको दर्ता स्वत खारेज हुनेछ । 
दर्ता खारेज भएका करदाताले पेश गनुुपर्ने कर विवरण ढिला पेश गरेको वा कर विवरण पेश नगरेको कारणले लाग्ने जरिबाना मिन्हा हुनेछ । तर अन्य कर बक्यौता रहेका करदाताको त्यस्तो बक्यौता रकमको अभिलेख कायम गरी असुल गरिनेछ ।

Comments